People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

महान् जनयुद्धका प्रतिबद्धताहरु

- गोपाल किराती
माक्र्स-ऐंगेल्स भन्नुहन्छ- 'हरेक देशको हरेक संविधानको हरेक धारा र उपधाराका अगाडि संगीन ठडिएको हुन्छ । लेनिन भन्नुहुन्छ- 'जुन उत्पीडितवर्ग हतियार उठाउन तयार छैन, उपायहरूको खोजी पनि गर्दैन, त्यो सधैं दास बन्नलायक रहन्छ ।’ माओ भन्नुहुन्छ- 'सेना बिनाको जनतासित आफ्नो भन्ने केही हुँदैन ।’ वर्गीय, जातीय तथा महिला उत्पीडनका विरुद्ध विद्रोहका निम्ति सर्वप्रथम हामीले यिनै वैज्ञानिक तथ्यहरूलाई आत्मसात गरेका थियौं । र, वर्गसंघर्षको त्यस विधिको व्यवहारिक प्रयोगबाट नयाँ नेपाल निर्माणको संकल्प गरेका थियौं । त्यही संकल्पका साथ संसदीय राजतन्त्रात्मक व्यवस्थालाई ध्वस्त पार्दै नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनाको उद्देश्यले १३ फेब्रअरी १९९६ मा नेकपा -माओवादी)को नेतृत्वमा महान् जनयुद्धको उद्घोष भएको थियो । जनयुद्धमा समर्थन गर्दै पूर्वका युवाहरूको किराती मोर्चाले २१ जुलाई १९९७ मा तीन संस्कृत स्कुलहरूमाथि बम विस्फोटनको कारबाही गर्दै अर्को भूमिगत आन्दोलनको घोषणा गरिएको थियो । आपसी व्यापक वैचारिक एवं कतिपय भौतिक संघर्षहरूको प्रक्रियाबाट गुज्रँदै १५ जुलाई २००३ -०६० असार ३०) मा नेपाली जनयुद्ध सफल पारेरै छाड्ने दृढ इच्छाशक्ति र प्रतिबद्धताका साथ किराती क्रान्तिकारीहरू नेकपा -माओवादी)मा एकताबद्ध भएका थिए ।
१९५० को राणाशासनविरोधी आन्दोलनमा प्रजातन्त्र भन्दै देशका उत्पीडित जनसमुदायलाई नेपाली कांग्रेसले हदैसम्म धोका दिएको थियो । परिणाममा, जननायक रामप्रसाद राईको नेतृत्वमा गठित किरात मुक्तिसेनाले सम्पूर्ण पूर्वी पहाडमाथि फौजी नियन्त्रण कायम गरेर अस्थायी सरकार सञ्चालन गरिरहेको तथा उत्पीडित जनताको आन्दोलनमा गद्दारी गर्न राजा-राणा र कांग्रेसले दिल्ली सम्झौता गरेको विरोधमा सिंहदरबार विद्रोहसमेत गरेर पनि पूर्वका योद्धाहरूकै पत्तासाफ गराइयो । नेकपा -माले)ले पनि नौलो जनवाद भन्दै फेरि घुमाइफिराइ एकात्मक ब्राहृमणवादी षड्यन्त्रको कसरत दोहोर्‍याउँदै कथित बहुदलीय जनवादी संशोधनवादी दिशातर्फ नै समाजलाई आत्मसमर्पण गराउने हर्कत् गर्‍यो । टिम्बुरबोटेकाण्ड, छिन्ताङकाण्डलगायत घटनाहरूमा आदिवासी योद्धाहरूलाई होमेर फेरि यथास्थितिवादी सत्तासितै घााटी जोड्ने अपराध कांग्रेस र मालेबाट भइरहृयो । १९९० को बहुदलीय आन्दोलन सफल भए पनि पञ्चको ठाउँमा एमाले र कांग्रेस उक्सनुबाहेक कुनै तात्विक परिवर्तन भएन । इतिहासको यो निरन्तर गद्दारीले गर्दा नेकपा (माओवादी) नेतृत्वको जनयुद्धमा जोड्दार समर्थन गर्दागर्दै पनि पार्टीमा संगठित भइहाल्ने स्थिति भने त्यो बेला स्वीकार गर्न सकिदैनथ्यो । अतः जनयुद्धमा वैचारिक समर्थन गर्दै भौतिक रूपले आदिवासीहरूले आफ्नै स्वतन्त्र पहलमा आन्दोलनको उठान गर्नेतर्फ कदम चालियो । यदि माओवादी नेतृत्व जनपक्षीय ठहर भएमा अन्ततः त्यही धारामा प्रभावित बन्ने आन्तरिक प्रयोजन पनि छादै थियो ।
पूर्वमा सशस्त्र आन्दोलनको स्वतन्त्र पहलपछि क.सुरेश आले हुँदै डा.बाबुराम भट्टराईसित आधिकारिक भेटवार्तागरी संयुक्त अपिल पनि जारी गर्‍यौं । त्यसले किरात राज्यको आन्दोलनलाई राष्ट्रिय बहसको मुद्दा बनाउन महत्त्वपूर्ण भूमिका पनि खेल्यो । पार्टीको चौथो विस्तारित वैठक वरपर क.बादलमाथि गम्भीर प्रकारको षड्यन्त्रपूर्ण कारबाही भन्ने चर्चा पूर्वमा चल्यो । त्यसबाट किराती योद्धाहरू सशंकित बन्नु स्वभाविक नै थियो । अन्ततः आ-आफ्नै बाटो लिने काम भयो । त्यसपछि अगस्त २००० तिर क.प्रचण्डसित हामीले भेट गर्‍यौं । प्रथम भेटको छलफल यसरी भएको थियो- 'कांग्रेस र एमालेजस्तो बाहुनवादी बन्ने छैन भनेर ग्यारेन्टी गर्न सक्नुहुन्छ ? क.प्रचण्डको जवाफ थियो- 'बाहुनवादी नबन्ने सचेत प्रयत्न गर्ने छु, तर विज्ञानले मान्छे बदलिदैन भन्दैन ।
’ अर्को प्रश्न थियो- 'त्यसो भए हामीले गर्नुपर्छ ? उहाँको जवाफ थियो - 'यदि म ब्राहृमणवादी भएँ भने मेरोविरुद्ध संघर्ष गर्नुस् ।’ त्यसपछि अर्को प्रश्न गर्‍यौं- 'चीनमा माओले आफ्नो उचाइबाट पार्टीमा बुर्जुवाहरू घुसेका छन्, त्यसकाविरुद्ध बम प्रहार गर भनेर आहृवान गर्नुभयो ।’ तर यदि त्यस्तो आहृवान माओको सट्टा कुनै साधारण नागरिकले गरेको भए त्यस नागरिकको गर्धन सुरक्षित रहन्थ्यो त ? जवाफमा क.प्रचण्डले भन्नुभयो- 'नरहन सक्थ्यो ।’ पुन प्रश्न गरियो- 'हो, त्यसैले तपाईंबाट हुनसक्ने गल्तीहरूका विरुद्ध संघर्ष गर्नुपर्दा हाम्रो गर्धनको सुरक्षाको ग्यारेन्टी कसरी गर्ने ?’ त्यसपछि प्रचण्डको जवाफ थियो- 'सबैखाले गलत विचार र प्रवृत्तिहरूका विरुद्ध तपाईंले निरन्तर संघर्ष गर्दै अघि बढ्नुपर्छ ।’
लामो वैचारिक संघर्षको उपलब्धिस्वरूप जुलाई २००३ मा हामी नेकपा
आफ्नै स्वतन्त्र पहलमा सशस्त्र आन्दोलन उठान गर्दै सशस्त्र जनयुद्धको बाटोमा नेकपा -माओवादी)को नेतृत्वमा, युद्धभूमिमा एकीकृत बन्ने काम सायद हामीले नै गर्‍यौं । त्यसैले पार्टी र क्रान्तिकारी पंक्तिमा यो एक उदाहरणीय घटना भएकोबारे सकारात्मक चर्चा पनि छ । पछिल्लो शान्तिप्रक्रियामा आएपछि हाम्रो पार्टीमा एकताका थुप्रै पहलहरू भइरहेका छन् र चुनावपछि जब हाम्रो पार्टी ठूलो भयो, एकीकृत समूहका जीतवीर लामाहरू एकतामा आइसक्नु भएको छ । क.माओ भन्नुहुन्थ्यो- 'पार्टी बाहिर पनि महान् क्रान्तिकारीहरू हुन्छन् । यो एउटा सच्चाइ हो, समग्र भने नहुनसक्छ ।
अन्तमा, दसवर्षे जनयुद्ध लडेका प्रायः सबै योद्धाहरूको अपिल छ-'क्रान्तिकारी धु्रवीकरण जरुरी छ ।
’ परन्तु, आगामी दस-पन्ध्र वर्षसम्म पार्टी केन्द्रीय समितिको सदस्य भने दसवर्षे जनयुद्ध लडेको योद्धा नै हुनुपर्छ । जनयुद्ध लडेका कमरेडहरूलाई नै प्रशिक्षित गदर्ैै केन्द्रमा पुर्‍याउन सकिन्छ । बरू एकतामा आउनु हुने नयाँ कमरेडहरूलाई सत्ताको सापेक्षिक जिम्मा दिए हुन्छ । जनयुद्ध लडेका योद्धाहरू नै समकालीन नेपालमा वास्तविक माओवादी क्रान्तिकारीहरू हुन् । उनीहरूलाई भन्दा सर्वहारा क्रान्तिको माया किमार्थ अरूलाई हुनैसक्दैन । अझ ˆयुजनको कार्यदिशा र क्रान्तिभित्र क्रान्तिको सिद्धान्त मैले आविष्कार गरेको हुँ । पछि माओवादीले पनि स्वीकार गरेछ भन्नेहरूलाई त केन्द्रीय समितिमा राख्नैहुँदैन । यो जनयोद्धाहरूको मार्मिक अपिल हो । यसलाई सकारात्मक रूपमा लिएर मात्र पार्टी र क्रान्तिलाई सुधारवाद हुँदै दक्षिणपन्थी आत्मसर्पणवादको शिकार हुनबाट बचाउन सकिने छ । -केन्द्रीय नेता बन्नैपर्ने वाम समूहका घगडानहरूसित संयुक्त मोर्चा मात्र पनि त गरेर जान सकिन्छ ।) हामी नेकपा -माओवादी)को संगठित सदस्य बनेको दिनको जुझारु स्मरण गर्दा यही विषयले स्वतः प्राथमिकता पाउँछ । यस्तो प्राथमिकताको वकालत गर्नु कतै संकर्णिता वा जड्ता हुनसक्ने छैन । यसलाई कसैले संकर्णि र जडको संज्ञा दिन खोज्दछ भने निश्चय नै उसले जनयुद्धको भाव बुझेको मान्न सकिादैन । महान् जनयुद्धको इतिहास र विचारलाई आत्मसात् गर्न नसक्नेहरू नेपाली क्रान्तिको केन्द्रीय नेता मात्र होइन, साधारण सदस्य पनि किमार्थ बन्न सक्दैनन् । चौध हजार अमर शहीदहरूको बलिदानको स्पिरिट यही हो ।
’ शान्तिप्रक्रियायता एकताको पहल हाम्रो पार्टीको नीति नै हो । तर, के हामी जो एकीकृत बन्दैछौं, सबै पक्का क्रान्तिकारीहरू हौं ? जनयोद्धाहरूको पंक्तिमा बहस छ-के यदि हामी शान्तिप्रक्रियामा नआएको भए वा चुनावमा ठूलो पार्टी नभएको भए मानिसहरू यसरी एकतामा आउनु सम्भव थियो ? अवश्य थिएन । किनकि युद्धको बेलामा दिनैपिच्छे वा हप्तैपिच्छे पार्टी छोड्नेहरूको लहर चलेको प्रत्यक्ष दृश्य कसैले बिर्सेको छैन । आज जुन अनुपातमा एकता भइरहेछ, त्यही अनुपातमा युद्धकालमा पार्टी छोड्नेहरूको संख्या हुने गर्दथ्यो । के कतै इतिहासले आवश्यक ठानेर पुनः जनयुद्धमा जानुपरेछ भने शान्तिपूर्ण स्थितिमा एकतामा आएका सबै साथीहरूलाई एकसाथ लिएर जान सक्छौं ? लाग्छ, यो प्रश्न ज्यादै गम्भीर छ । यसैमा पार्टी एकताको क्रान्तिकारी गुणनशीलता निर्भर पनि छ ।
(माओवादी)मा एकीकृत बन्यौं । त्यो एकताको दिनले आज पाँचवर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गर्दैछ । यस बीचमा पूर्व माओवादी हाम्रा कमरेडहरू दर्जनौंको सहादत भएको छ, कैयन घाइते र अपांग अवस्थामा क्रान्तिको सेवा गर्दै हुनुहुन्छ । कैयन कमरेडहरू बन्दी यात्राबाट करिबकरिब अपांग बनेर खुला हुँदै क्रान्तिको सेवामा समर्पित हुनुहुन्छ । १५ जुलाई २००३ को निर्णयअनुसार आजसम्मै हामी पार्टीको केन्द्रीय समितिमा रहादै आएका छौं । रणनीतिक प्रत्याक्रमणको प्रारम्भमा हामीलाई पोलिटब्युरो सदस्यको पनि जिम्मा रहृयो । नेकपा -माओवादी)को सदस्य बनेपछि हाम्रो जीवनले तीनवटा भव्यतम् सफलताहरू हासिल गरियो भन्ने लाग्छ । त्यसमा पहिलो, वैचारिक विकास तथा रूपान्तरणको सफलताले नै यहाँसम्म पुगिएको हो । दोस्रो, मेची-कोशी ब्युरोको इन्चार्ज हुँदा जनमुक्ति सेना, जबस-मोर्चाको एकीकृत परिचालनबाट हासिल गरिएको पूर्वी कमान्डकै अग्रणी फौजी कारबाहीको सफलता रहृयो भने तेस्रो, संविधानसभाको चुनावमा किरात राज्यको ८३ प्रतिशत स्थानमा विजय हासिल गर्ने सफलताहरू हुन् । यसका निम्ति सयौं सहयोद्धाहरूको बलिदान, हजारौं सहयोद्धाहरूको योगदान तथा लाखौं जनसमुदायको भूमिका सराहनीय छ । परन्तु, पार्टीले खटाएको प्रमुख नेतृत्व हुनुको नाताले नेतृत्वले अंशतः जस लिनैपर्ने हुन्छ ।

Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org