People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

उपराष्ट्रपती झा मैथीली की हिन्दुस्तानी

सर्वोच्च अदालतको न्यायाधीश हुँदा घुस खाएर चरेशकाण्डमा मुछीएका अपराधीलाई मुक्ति दिएको आरोपमा कारवाहीमा परी सवोर्ेच्चबाट पुनरावेदनमा पठाईनुभएका झालाई नेपाली कांग्रेस र एमालेले फोरमसँग गठनबन्धन गरी उपराष्ट्रपती जस्तो गरीमायम पदमा जिताएका हुन ।

काठमाडौं ८ साउन,

नवनिर्वाचीत उपराष्ट्रपती परमानन्द झाले बुधवार भारतको राष्ट्रभाषा हिन्दीमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेर नेपालको राष्ट्र भाषा नेपाली र आफ्नै मातृभाषा मैथलीको समेत अवमूल्यन गर्नुभएको छ । संवैधानीक पदहरुको सपथ ग्रहण गर्दा नेपाली वा आ-आफ्नो मातृभाषामा गर्न सकिने प्रावधान र प्रचलन छ । तर, यसको ठिक विपरीत उपराष्ट्रपती झाले नेपालका कुनै पनि जाती र समुदायको मातृभाषा नरहेको हिन्दीमा सपथ ग्रहण गर्नुभयो । उपराष्ट्रपती झाले आफ्नै लोकपि्रय मातृभाषा मैथीलीमा किन सपथ लिनुभएन रु भन्ने प्रश्न उब्जीएको छ ।

ुउपराष्ट्रपती झाको मातृभाषा मैथीली हो । उहाँले मैथीलीमा सपथ खाएको भए म र समग्र मैथीली समुदाय खुशी हुने थियो । उहाँले हिन्दीमै किन सपथ खानुभयो, मैले बुझ्न सकिन ।ु, नेपाल पत्रकार महासंघका अध्यक्ष एवं मैथीली साहित्यकार धर्मेन्द्र झाको भनाई थियो ।

राष्ट्रको विशिष्ट व्यक्तिमध्ये दोस्रो मर्यादाक्रममा पर्नुहुने उपराष्ट्रपती झा शपथग्रहण समारोहमा पनि मधेसी पोशाकमै उपस्थिति हुनुहुन्थ्यो । उहाँको शीरमा टोपी समेत थिएन । उपराष्ट्रपतीले हिन्दीमा सपथ खाएको खबर सुनेपछि चितवनलगायत तराईका विभिन्न भागमा उपराष्ट्रपतीविरुद्ध प्रदर्शन भएको छ । उपराष्ट्रपतीले हिन्दीमा सपथ खाएर भारतीय हैकमवादको तावेदारी गरेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

ुउहाँले हिन्दी भाषालाई मधेश र तराईको सम्पर्क भाषाका रुपमा लिएका हुन भने अन्यथा भन्न मिल्दैन, तर पनि हिन्दी भनेको भारतको राष्ट्रभाषा हो । बरु, तराई, पहाड र हिमालको सबैले बुझ्ने साझा भाषा नेपाली नै हो । उहाँले नेपालीमै सपथ खाएको भए विवादबाट मूक्त हुनसक्नुहुन्थ्यो ।ु, साहित्यकार खगेन्द्र संग्रौलाको भनाई छ ।

नेपालको राजनीतिमा विस्तारवादी शक्तिहरुको ठाडो हस्तक्षेपप्रति चिन्ता प्रकट भईरहेको बेला उपराष्ट्रपती झाले हिन्दीमा सपथ ग्रहण गरेर त्यो चिन्तालाई थप घनीभूत बनाईदिनुभएको विश्लेषण पनि राजनीतिक वृत्तमा गरिएको छ । ुमधेशी फोरमको असलीयत अहिले बल्ल आएर खुलेको छ । उपराष्ट्रपती झाले नेपाली वा मैथीलीमा सपथ नखाएर जसरी हिन्दी भाषालाई रोज्नुभएको छ, यसबाट उहाँ कसको उपराष्ट्रपती हो भन्ने प्रश्न खडा भएको छ । अब उहाँलाई सम्पूर्ण नेपालीको उपराष्ट्रपती कसरी मान्ने रुु, थारु कल्याणकारीणी सभाका महामन्त्री राजकुमार लेखी भन्नुहुन्छ ।

स्मरणीय छ, सर्वोच्च अदालतको न्यायाधीश हुँदा घुस खाएर चरेशकाण्डमा मुछीएका अपराधीलाई मुक्ति दिएको आरोपमा कारवाहीमा परी सवोर्ेच्चबाट पुनरावेदनमा पठाईनुभएका झालाई नेपाली कांग्रेस र एमालेले फोरमसँग गठनबन्धन गरी उपराष्ट्रपती जस्तो गरीमायम पदमा जिताएका हुन । कांग्रेसले डा। रामवरण यादवलाई जिताउन आफ्नै उपराष्ट्रपतिका उम्मेदवार मानबहादुर वि।क। र एमालेले सभामुख पदका लागी आफ्नै उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पाखा लगाएका थिए । उता माओवादीले भने उपराष्ट्रपतिमा झालाई समर्थन गरेर रामराजाप्रसाद सिंहलाई जिताउने फोरमकोे ुबार्गेनिङुलाई ठाडै अस्वीकार गरी उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई उठाएको थियो । शान्ता श्रेष्ठले २ सय ४३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेस, एमालेले समर्थन गरेका कारण झाले ३ सय ५ मत पाएका थिए ।

तर, झाको बुधबारको व्यवहार देखेपछि शितल निवासमा धेरैको मुखबाट निस्कीयो, ुसाँच्चै कांग्रेस, एमालेले नकाम गरेछन् ।ु

 



Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org