People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

मनतव्य, प्रमुख जनमुक्ति सेना नेपाल, पासाङ्ग ।

सम्माननिय् प्रमुख अतिथि प्रधानमन्त्री ज्यू ,
सम्माननिय् मन्त्री गण् तथा सभासदज्यूहरु,
राजनैतिक दलका नेतागण्हरु,
संघ संस्थाका प्रमुखहरु मिडिया ताथा पत्रकार मित्रहरु

आदरणिय जन समुदाया, खेलाडी मित्रहरु, तथा जनमुक्ति सेनाका सम्पर्ूण्ा युनिट प्रति हार्दिक आभिवादन टक्य्राउछौं ।

हाम्रो महान् एंव गौरवशाली जनमुक्ति सेना नेपाल संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको घोषणा पश्चात आफ्नो आठौं स्थापना दिवस तथा जनयुद्धको १४औं वाषिर्क उत्सव आ फ्नो संस्थाको अवस्था औकातले भ्याए सम्म आज भब्यतम् ढंगले मनाउन चांैथो डिभिजनको परिर्वतन स्मृति ब्रिगेड कावासोतीमा मनाउन गइरहेको छ । यो स्थापना दिवस आम नेपाली जनता र अन्तराष्ट्रिय स्तरमा समेत चर्चा परिचर्चा एंव स्थापीत भैसकेको र्सर्न्दभ बिगतमा यसले खेलेको भूमिकाबाट स्पष्ट छ । -कसैले मानोस नमानोस) हामी फेरी गर्वका साथ भन्न चाहान्छौं हाम्रो मुल्य मान्यता आर्दश भनेको स्वाधिन सम्बृद्ध शान्ती र परिवर्तन कामी राष्ट्र निर्माण हो ।

जाति, क्षेत्र, भाषा, लिङ्ग तथा वर्गको राज्यमा समानुपातिक समाबेशी संघिय राज्य निर्माण हो । यो आर्दशबाट हामी कतै बिच्चल्लीत छैनौं । यस्तो महान् आर्दशको नेतृत्व एकिकृत ने.क.पा. -माओवाद) मुलत ः अध्यक्ष कमरेड प्रचण्डले गरेको र्सगर्बका साथ भन्न पनि चाहान्तछौं । जनयुद्धको स्थापनाको दौरानमा नै जन मुक्ति सेना नेपाल पनि स्थापना र विकास तथा यसको स्थापना काल देखी नै होनहार कमाण्डर, सदस्य तथा घाइते अपाङ्गहरुको विरता तथा आम नेपाली जनताको छोराछोरीहरुले पटक-पटको संर्घष्ामा बगाएको रगत र बलिदान एंव ति महान शहिदहरु प्रति फेरी एक पटक र्सगर्बका साथ शिर झुकाएर श्रद्धा सुमन गर्दछौ. । जुन रक्तबिजका सन्तानका रुपमा यसको जननी जन्मभुमि ठान्दछौं । हामी राजनैतिक अधिकार प्राप्त ........र्ढाई करोड नेपाली जनताको मुक्ति एंव स्वाधिन समृद्ध स्वाभिमान राष्ट्रको भविष्य निर्माण गर्न चाहान्छौं । यसैको खांतीर बगेको रगतको अपमान हामी सुन्न चा हादैनौं । तर दुःखको कुरा वर्तमान राजनैतिक बृत तथा आम क्षेत्रबाट हरेक कुसंस्कारका कारण विमति, टिकाटिप्पणी र आरोप-प्रत्यारोप सुन्दा हामी सबैलाई आर्श्चय चकित पारेको छ । यो राजनैतिक यथार्थताको तितो अुनुभूती भएको छ । हालै देशमा छाएका सचेत तर अपराधीक, निन्दनीय ,अराजक जस्ता प्रकृयाको श्रृखला पछिल्लो चरणमा २७ गते साझ एकिकृत ने.क.पा -माओवादी) का पि.बि.एम. तथा प्रधान मन्त्रीका स्वकिय सचिव माथी गरिएको कायरतापर्ूण्ा आक्रमणले देश आक्रोशित बनेको छ । जुन शान्ति प्रक्रिया र राष्ट्र विरोधी प्रतिगामी यथास्थिीतीवादी र कु-तत्वहरुबाट जुन हर्कतको ताण्डब देखाईदै छ यो नै नया नेपाल निर्माण तथा नेपाली जनता र राष्ट्रको भविष्यमाथीको खतरा हो । यो खेदजनक छ । यो सत्य बोल्दा हामी जनमुक्ति सेना नेपालले नाना थरीका आरोप तथा एउटा राजनीतिक मुक्का सहनु पर्ला तर सही र सत्य कुरा समाज विज्ञानले भविष्यमा स्पष्ट गर्नेछ । हामी आरोप-प्रत्यारोपको कुरा त के नेपालको भविष्यको लागी फेरी पनि भोकै प्यासै कठिन भन्दा कठिन जीवन जिउन तयार छौं । हामी जहिले पनि जनता र राष्ट्रको लागी एउटा बफादार सेनाको रुपमा उभिरहने छौं । हाम्रो यो महान् भावनालाई विगतको अन्तरिम सरकारले बिस्तृत शान्ती सम्झौतामा हस्ताक्षर गरिएपनि पर्ुवाग्रही ढंगले राज्यबाट पाउने सुविधा सम्बन्धी न्युनतम मानवीय आवश्यकताको समेत ख्याल गरिएन हाम्रो भावना माथी तिर प्रहार गर्ने कोशिस गरियो । यसमा हामीलाई दुःख लागेको छ । अहिलको पहिलो गणतान्त्रीक सरकारले पनि केही समस्या हल गरेतापनि बिभिन्न अफ्ठर्‍यारा र समस्याका कारण दुबै सेना बिच असमान व्यवहार व्यवस्थापन मुख्य भौतिक कठिनाईहरु यथावत छन् । अबश्य पनि हामीले सरकारका अप्ठर्‍याराहरु राम्रो संग बुझ्दछौं ।

एकातिर नेपाली सेनाका तल्ला जवान अफिसरको समस्याहरु दिन दिनै जटिल बन्दै गएको छ भने, दिन रात खट्ने प्रहरी जवानको समस्या पनि चर्को छ । यी सबै राष्ट्र र जनताका जल्दाबल्दा समस्या हुन । यसको समाधान राजनैतिक दलहरु विचको दृढ राजनैतिक इच्छाशक्ति , राजनैतिक सहमति र सहकार्य नया राजनैतिक मुल्यमान्यताको आधारमा सोही अनुरुपको आचार व्यवहार र सबैले शान्ति सम्झौताको स्प्रिटलाई दृढता पर्ूवक पालना गर्ने प्रतिबद्धता यो उत्सव समारोहबाट आम जनसमुदायलाई जानाकारी गराउन चाहान्छौं । अब बन्ने नया संविधानको भावना अनुरुप बन्ने नया संविधानले व्यवस्था गरेको सबै धारा र नया राष्ट्रिय सुरक्षा निति अर्न्तगत बन्ने नया सैन्य नियमावली साथै राष्ट्र र जनताको वफादारीताको लागी समायोजन पछि बन्ने नया नेपालको नया राष्ट्रिय सेना, जनता द्धारा निर्वाचित सरकारको निर्देशनमा सदैव मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता र आत्मानिर्ण्र्ााो अधिकारलाई फेरी पनि जनमुक्ति सेना नेपालले निर्शतः अक्षरस पालना गर्ने छ । राज्य र वर्गको आधारभूत मान्यतालाई जहिले पनि शिरोपर गर्ने छ । अन्यतमा , हाम्रो आतिथ्यिलाई स्वीकार गरी पाल्नु हुने सम्पर्ूण्ा प्रमुख अतिथि, विशेष अतिथि , अतिथि , पत्रकार , कलाकार , जनसमुदाय तथा नेतागणहरुमा हार्दिक आभार प्रकट गर्ने चाहान्छौ ।

अन्तमा, नेपालको भविष्य सधै उज्जवल रहो्स् । धन्यावाद ।

पासाङ्ग
प्रमुख जनमुक्ति सेना नेपाल

२०६५ फाल्गुण १ गते विहीबार



Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org