People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

सहीद क.सुनिलको शालिक आनावरण कार्यक्रम सम्पन्न :

 

सहीद क.सुनिलको शालिक आनावरण कार्यक्रम सम्पन्न
 
राजेन्द्र रावत क्षेत्री विश्वास
दहवन, रोल्पा
महान जनयुद्धको १४औं वाषिर्कउत्सव तथा जनमुक्ति सेना नेपालको ८ औ स्थापना दिवश अर्न्तगत शहीद सप्ताहको अन्तिम दिन महान शहीद किमबहादुर थापा -क.सुनिल) को शालिक अनावरण कार्यक्रम वुधवार जनमुक्ति सेना नेपाल, पाचौं डिभिजन रोल्पा दहवनमा सम्पन्न भएको छ ।
महान् शहीद किमबहादुर थापा -क.सुनिल) २०१८ साल असार १८ गते रोल्पाको गजुल गा.वि.स. काभ्रामा जन्म भई विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहदै दर्जनौं सैन्य आक्रमणमा सहभागी हुनु भएको थियो । क.सुनिल ने.क.पा.-माओवादी) का केन्द्रिय सदस्य तथा सैन्य जनरल स्टाफ सदस्य र जनमुक्ति सेनाको डिभिजन कमाण्डरको महत्वपर्ूण्ा जिम्मेवारी कुशलता पर्ूवक निर्वाह गर्दा गर्दै २०६२ साल मंसिर १४ गते रोल्पाकै मनिमारे जिनावाङ भिडण्तमा विरतापर्ूण्ा शहादत प्राप्त गर्नु भएको थियो ।
कार्यक्रममा महान शहीद परिवार संघका केन्द्रिय सदस्य तथा शहीद क.सुनिलकी जेठी छोरी क.शुसिला थापाले शालिक अनावरण गर्दै अहिलेको वदलिदो राजनीतिक परिस्थितिमा प्रतिक्रियावादी तथा यथास्थितिवादी राजनीतिक दलहरुले महान शहीदका भावनामाथी खेहवाड गर्ने प्रयत्न नगरेको होईनन तर हामीलाई विश्वास छ हाम्रो पार्टर्ीीे.क.पा.-माओवादी) ले शहीदका रगत खेर जान दिने छैन भन्नु भयो । उहाले पार्टर्ीीभत्रका क्रान्तिकारी र गैर क्रान्तिकारीहरुलाई खवरदारी गर्दै शहीदको वलिदानीलाई वेवास्ता गर्ने जो कसैलाई पनि इतिहासले माफी नदिने वताउनु भयो । यस्तै कार्यक्रमममा एकिकृत ने.क.पा.-माओवादी) मगरांत राज्य समिति सदस्य तथा जनमुक्ति सेना नेपाल व्रिगेड कमाण्डर शहीद क.ज्वारको जीवनसंगिनी क.असिनाले हजारौं शहीदका वलिदानीवाट प्राप्त हाम्रा उपलव्धीहरुको रक्षा गर्दै अन्तिम लक्ष्य सम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो यस्तै व्रिगेड कमाण्डर शहीद क.परिवर्तनका छोरा भूवन के.सी. व्रिगेड कमाण्डरहरु क.आकर्षा, क.हिमाल लगायतले शहीदहरु प्रति श्रद्धान्जली मन्तव्य व्यक्त गर्नु भएको थियो । सयौं जनमुक्ति सेनाले शहीद क.सुनिल प्रति सालमी अर्पण गरेका,े कार्यक्रमको सञ्चालन पाचौं डिभिजन सेक्रेटरी तथा व्रिगेड कमाण्डर क.अविनाशले गर्नु भएको थियो भने अध्यक्षता यसै डिभिजनका डिभिजन कमाण्डर क.शरदले गर्नु भएको थियो ।
त्यसै गरी सोही कार्यक्रममा डिभिजन कमाण्डर क.शरदका अंगरक्षक बरमान वुढा -क.भिमसेन र जनमुक्ति सेना नेपाल पाचौं डिभिजन सुनिल स्मृति व्रिगेडमा कार्यारत मनसरा पुन -क.निर्मला) विच जनवादी विवाह कार्यक्रम सम्पन्न भयो । परमपरागत सामान्ती संस्कृतिलाई चुनौती दिदै रुकुम जिल्ला महत गा.वि.स. -वर्ष२२) का बरमान वुढा -क.भिमसेन) र रुकुम जिल्ला सांख गा.वि.स. -वर्ष२०) की मनसरा पुन -क.निर्मला) को जोडीले नयां जनवादी विवाह गरेका हुन । विवाहमा डिभिजन कमाण्डर क.शरदले नव लाल जोडीको सुखद जीवन र 'प्रेमले मानिसलाई उत्साहित वनाउछ भने, दुखले मानिसलाई स्पात वनाउंछ' जेनी मार्क्सको उक्तिलाई उदृत गर्दै उहाले यस विवाहले उहाहरुको नया क्रान्तिकारी उत्साह थपियोस भन्दै वधाई तथा शुभकामना मन्तव्य दिनुभयो । विवाह कार्यक्रममा प्रतिरोध सास्कृतिक परिवारले गीत र संगीत मार्फ शुभकामना दिएको थियो ।


Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org