People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु :

जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु

  • राणाकालीन दासत्व सेनामा कायमै, बढुवा हुन रक्सी र मासु घुस

लेखनाथ न्यौपाने

काठमाडौं, ८ चैत स् देशमा लोकतन्त्र आएको लामो समय भइसक्यो, तर राजारजौटा र उच्च तहका सेनाका घरमा काम गर्नका लागि बनाइएका गोस्वारा पिपाको काम भने जस्ताको तस्तै छ ।

उनीहरूलाई अझै राजामहाराजाको पालामा जस्तै सेनाका अवकाश प्राप्त तथा बहालवाला हाकिमहरूको घरघरमा उनीहरूका श्रीमती र छोराछोरीका लुगा धोइदिने, भाडा माझ्ने, गाईवस्तुको गोवर सोहोर्ने, सोलीडोली बोक्ने, लिपपोत गर्नेजस्ता काम गराएर घरायसी कामदारका रूपमा काम गर्न बाध्य पारिएको छ ।

काठमाडौं डिल्लीबजार कालिकास्थान अगाडि ठूलाठूला पर्खालले छेकेको सानो हरियो फलामे गेटभित्र बाहिर गर्दै गरेका कालो लुगा लगाएका झट्ट हेर्दा पुलिसजस्ता देखिने उनीहरू पुलिस नभएर सेनाका नाममा उच्चतहका सेनाको घरमा घरायसी कामका लागि राखिएका व्यक्तिहरू हुन् ।

सरकारले लोकतन्त्र बहालीपछि पिपा गोस्वाराको नाम फेरेर बन्दोबस्ती गण नामाकरण गरे पनि उनीहरूको काम राजामहाराजाको पालामा जस्तो थियो, अहिले पनि त्यस्तै भएको त्यहाँ कार्यरत गणका एक जवानले गुनासो पोखे ।

बन्दोबस्ती गणमा करिब ८ सयको सङ्ख्या रहेको छ । जसमध्ये २ सय जना यसभित्रै काम गर्ने गर्दछन् भने अन्य १० बजे हाजिर भई सेनाको व्यारेकदेखि सेनाका हाकिमहरूको घरमा घरेलु कामदारका रूपमा काम गर्न बाध्य भएको उनले बताए ।

यस गणका हाकिमहरू फुलीविहीन तर सेनाको अफिसर पद ग्रहण गरिरहेका छन् । सेनाको तालिम नै नभई शैक्षिक योग्यता नै नभई उनीहरूलाई सेनाकै दर्जामा राखिएको छ ।

सैनिक आदेश नम्बर ६११ । ३६ मा चौबीसै घण्टा काम गरे मात्र रासन र कपडा पाउने उल्लेख गरिएको छ । अहिले पनि पिपा जवानहरू सेनाको हरेक गण, गुल्म, बाहिनी र हेडक्वाटरमा पनि कार्यरत छन् तर उनीहरूको मासिक तलव सेनाका जवानको जति पनि नभएको ती जवान बताउँछन् ।

ुहामीहरूलाई सैनिक नियमअनुसार खाना छैन, लुगा छैन, पारिवारिक औषधी उपचार छैन, शान्ति सेना छैन, अवकाशपछि उपचारको व्यवस्था छैन, १६ वर्षमा पेन्सन पनि पाक्दैन । सरुवा हुन पनि पाइदैन ।

तर पिपा गोस्वाराका हाकिमहरू भने बिना तालिम र बिना शैक्षिक योग्यता अफिसरसरह सरकारी सेवा सुविधा लिइरहेका छन् ।

बढुवा हुन रक्सी र मासु घुस

पिपा गोस्वाराका जवानहरूले बढुवा र शान्ति सेनामा काम गर्न जानका लागि हाकिमहरूको अत्याधिक चाकडी गर्नुपर्ने रहस्य खुलेको छ ।

ुबढुवा गर्ने बेलामा हाकिमले केटा हो, अब कमान्डर हुने को-को छ भन्छ ।

जसले हाकिमको दलाली र चाकडी गर्न सक्यो, त्यही व्यक्ति शान्ति सेना र बढुवामा पर्ने गरेको उनी उनको भनाइ छ ।

पिपाका हाकिमहरूले नै जवानहरूलाई राजामहाराजाका पालामाजस्तै जवानहरूलाई सोसेर खान पल्केकाले उनीहरू पिपालाई परिवर्तन गर्ने पक्षमा र दासताबाट मुक्तिका पक्षमा नभएको एक जवानले बताए ।

ुहाम्रा हाकिमहरूले हामीलाई आफ्नो घरमा, बारिमा जता पायो उतै जोत्न पाएका छन, यस्तालाई यहाँभन्दा बढी के सुविधा चाहियो रु

पिपा जवानले जनदिशासँग भने, यसरी भेदभावपूर्ण तल्लो दर्जाका रूपमा रहेर हामीहरू काम गर्न बाध्य छौं, हामीलाई मानवताको व्यवहारसमेत हुँदैन । बन्दोबस्ती गणमा कार्यरत एक जवानले नाम नछाप्ने सर्तमा जनदिशासँग भने, अनि जवानहरूले ताछाडमछाड गर्दै घरघरमा वियर, रम, मासु घरघरमा पुर्याइदिने चलन कायमै छ ।अर्का पीडित जवानले जनदिशासँग प्रश्न गर्दै भने, पक्कै पनि उनीहरूलाई यहाभन्दा बढी सुविधा चाहिएको छैन । त्यसैले उनीहरू हामीलाई दासताबाट मुक्ति दिने पहल गर्दैनन् ।

पीडितहरूले सरकारसँग विभिन्न माग पनि राखेका छन् । उनीहरूका मागमा उपचारको व्यवस्था गरिनुपर्ने, बन्दोबस्ती गणलाई पूर्ण सैनिक संरचनामा ढालिनुपर्ने, सेनाका जवानसरह सेवा सुविधा पाउनुपर्ने, कुनै पनि काम गर्दा मानवताको व्यवहार गरिनुपर्ने, निजामति वा जङ्गीमा नियम कानुन बन्नुपर्ने, शान्ति सेनामा निश्चित कोटा छुटयाइनुपर्नेलगायतका छन् ।

यसबारे पीडितहरूले रक्षामन्त्री रामबहादुर थापा बादललाई पनि भेटिसकेका छन् ।

भेटमा बादलले बन्दोबस्ती गणलाई सैनिक संरचनामा ढालेर सैनिकसरह सेवा सुविधा दिने प्रक्रिया अघि बढाएको आश्वासन पाएको पीडितहरूले जनदिशालाई बताए ।

सेनामा समायोजनका लागि विधेयकमा गएको छ ।

रक्षामन्त्री बादललाई उद्धृत गर्दै एकपीडित जवानले जनदिशासँग भने, म फेरि यसलाई राम्ररी अध्ययन गर्छु र महासेनानीसम्म दर्जा दिने काम गर्छु ।

Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org