People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

लोकतन्त्र दिवसको अवसरमा सम्माननीय प्रम ज्यूबाट भएको सम्बोधन

 

सम्माननीय राष्ट्रपति महोदय,

सम्माननीय उपराष्ट्रपति महोदय,

विशिष्ट अतिथि गण,

महामहिम राजदुत तथा नियोग प्रमुखहरु

उपस्थित सम्पूर्ण भद्र महिला तथा सज्जन वृन्द,

१. लोकतन्त्र दिवस, २०६६ को उपलक्ष्यमा आयोजित यस समारोहमा म प्रमुख अतिथि सम्माननीय राष्ट्रपति महोदय लगायत यहांा उपस्थित सबै महानुभावहरूमा हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । साथै यस अबसरमा निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न भएकोे जनआन्दोलन दुई लगायत मुलुकमा भएका जनयुद्ध र सबै जनक्रान्तिहरुमा आपmनो विवेक तथा सुर्‍यााइ प्रर्दशन गरी आपmनो जीवन उत्सर्ग गर्नुहुने सबै महान् शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

२. निरंकुश राजतन्त्रलाई महान् नेपाली जनताका सामु झुक्न बाध्य पारी संघीयतामा आधारित गणतन्त्रात्मक लोकतान्त्रिक शासनप्रणाली स्थापनाको आधार निर्माणको सन्दर्भमा मात्र होइन कि लामो समयदेखि थाती रहेको संबिधानसभामार्फत् आपmनो संबिधान आफै लेख्ने जनचाहनाले मूर्तरूप लिएको सन्दर्भमा पनि आजको दिन अत्यन्त महत्वपूर्ण रहेको मैले ठानेको छु । यसै गरी मुलुकमा कि्रयाशील बिभिन्न राजनीतिक दलहरूबीच सहकार्य र सहमतिको आधार तयार गरी सामन्ती शासन प्रणालीका सबै अबशेषहरूको अन्त्य गर्दै समुन्नत, सुसंस्कृत तथा समृद्ध नयाा नेपाल निर्माणको जग निर्माण गर्ने सन्दर्भमा पनि आजको दिन त्यत्तिकै महत्वपूर्ण रहेको छ । तसर्थ, म यस अवसरमा सात राजनीतिक दल र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी -माओवादी) बीचमा भएको बाह्रबूादे समझदारी र त्यसले निर्माण गरेको सहकार्यको वाताबरणले जनआन्दोलन दुईलाई सफलतामा पुर्‍याएको योगदानको स्मरण गर्दै सो समभmदारी निर्माणमा तथा दोश्रो जनआन्दोलनको सफलताका लागि नेतृत्वदायी भूमिका खेल्नु हुने सात राजनीतिक दलका शीर्ष नेताहरूको भूमिकाको म सराहना गर्न चाहन्छु ।

३. अहिले हामी मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणको अत्यन्त महत्वपूर्ण तथा जटिल मोडमा उभिएका छौा । हामीबीचको सहकार्य र हाम्रो वुद्धिमत्तापूर्ण कि्रयाकलापले मात्र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने, जनआकााक्षा अनुरूपको साविधान निर्माण गर्ने र मुलुकमा बेथितिको रूपमा रहेका सामन्तवादका सबै स्वरुपहरुको अन्त्य गर्ने कार्य सहजरुपमा अगाडि बढ्ने कुरामा मेरो दृढ विश्वास रहेको छ । वर्तमानमा इतिहासले हामी सबैलाई यो नै एकमात्र जिम्मेवारी र कार्यादेश दिएको हो भन्ने मलाई लाग्दछ । संघीयतामा आधारित नयांा समाबेशी लोकतन्त्रले मात्र राष्ट्रिय जीवनका हरेक तह र तप्काका जनतालाई वास्तविक रुपमा सार्वभौम तुल्याउन सक्दछ र तिनको वहुपक्षीय विकासमा अर्थपूर्ण योगदान दिन सक्दछ भन्ने कुरामा हामीबीच कुनै विमति छैन र रहनुहुादैन पनि । हामीलाई थाहा नै छ- मुलुक र जनताको जीवनमा गुणात्मक परिवर्तन गर्न समावेशी लोकतन्त्र एक अनिवार्य सर्त हो- जसले जनसमुदायमा सर्वमान्य मानवाधिकारको प्रत्याभूत गरी समानता र सामाजिक न्यायलाई सुनिश्चित गर्न सक्दछ । तसर्थ, हामी सबैको अहिलेको जवाफदेही भनेको महान नेपाली जनताको चाहना अनुरूप सााचो अर्थको जनमुखी लोकतन्त्र स्थापना गर्नु हो- जहाा बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानवाधिकारको प्रत्याभूति, पूर्ण प्रेश स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी शासन तथा समावेशीकरणको सुनिश्चितता भएको हुनेछ । हामी यस्तो महत्वपूर्ण जिम्मेवारी समयमा नै पूरा गर्नबाट अलिकति पनि चुक्यौं भने हाम्रा सन्तान दरसन्तानले हामीलाई औाला ठड्याउने मात्र होइनन् कि भोलिका पुस्ताको मूल्यााकनबाट आजको इतिहास किमर्थ सुनौलो मानिने छैन र हामी सबै दोषी हुनबाट बच्नेछैनााै । यी अनि यस्तै बोधले मलाई हरेक घडीमा झनझन् भावुक बनाउने गरेको छ र सरकार प्रमुखको रूपमा मेरो जिम्मेबारी अझ बढेको अनुभूति भइरहेको छ ।

४. मुलुक अहिले असाध्यै तरल राजनीतिक संक्रमणकालबाट गुजि्ररहेको छ भन्ने कुरा मैले दोहोर्याई रहनु आबश्यक छ जस्तो मलाई लाग्दैन । यस्तो तरल अवस्थाले परिवर्तनका संवाहक सबै राजनीतिक दल र परिवर्तनकामी नेपाली जनसमुदायबीच अझ बढी जिम्मेवारी बोध र सुझबुझताको माग गर्दछ । तर हालैका दिनमा मुलुकमा विकसित भइरहेको राजनीतिक परिदृश्यले संविधानसभाको निर्वाचनको क्रममा देखिएको प्रतिष्पर्द्धात्मक मानसिकता अझै प्रतिविम्बित भइरहेको आभास हुने गरेको छ । यस्तो स्थितिमा कहिलेकााही लाग्दछ- कतै सामन्ती राज्यप्रणालीका अवशेष तथा पुनरुत्थानवादी र प्रतिकृयावादी शक्तिहरूको चलखेलको जञ्जालभित्र पFmस्ने त होइनााै ? कतै हामीबीच बढ्दै गएको सामान्य असमझदारीहरुलाई समयमा नै व्यवस्थापन गर्न नसक्दा साझारूपमा निर्दिष्ट गरेको शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने, तोकिएको समयभित्र जनमुखी लोकतान्त्रिक संविधान निर्माण गर्ने र आर्थिक-सामाजिक रूपान्तरणको जग निर्माण गर्ने महान साझा लक्ष प्राप्तिमा व्यवधान आउने हो कि ? कतै मुलुक पुनः नयाा प्रकारको द्वन्दमा प्रबेश गर्ने त होइन ? यस्ता सबै संशयको उपचार भनेको सबै राजनीतिक दलहरुबीच नयाा उचाइको समझदारी विकास गरी अत्यन्त संयमित हुादै मर्यादित तवरले अगाडि बढ्नु नै हो भन्ने मलाई लाग्दछ । आजको यस महत्वपूर्ण दिनले हामी सबैलाई एकअर्काप्रति सम्मान, सहिष्णुता तथा सदभाव कायम राख्दै मुलुकको सर्वोपरि हितमा कि्रयाशील हुन प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस अबसरमा म यो निवेदन गर्दछु कि वर्तमान सरकार मुलुकका सामु रहेका जुनसुकै महत्वपूर्ण सबालहरुमा बृहत राजनीतिक सहमति र सहकार्य गरी दिगो शान्ति स्थापना, सामाजिक, आर्थिक तथा साास्कृतिक वपान्तरण, लोकतान्त्रिक संबिधानको निर्माण तथा सुशासनको प्रत्याभूत गर्ने कार्यमा इमान्दारीपूर्वक लागेको छ । आगामी दिनमा सरकार यस दिशामा झनै केन्दि्रत रहनेछ ।

७.. अन्त्यमा, विगतमाभैFm बिभिन्न वर्ग, जाति, लिङ्ग, क्षेत्र, तह र तप्काका हामी नेपालीबीच उच्च सद्भाव र सहकार्य कायम गर्दै हाम्रा विमतिहरूलाई सम्वादको माध्यमबाट व्यवस्थापन गरी मुलुकमा दिगो शान्ति तथा सुव्यवस्था कायम गर्न सफल हुनेछौा भन्ने बिश्वास लिएको छु । नयाा संबिधानको निर्माणबाट संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई अझ सुदृढ बनाउने महान कार्यमा सचेत रही निरन्तर खबरदारी गर्न र आ-आपmनो स्थानबाट जुट्न समेत म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु ।

११ वैशाख, २०६६

धन्यवाद ।

लोकतन्त्र दिवसको अवसरमा सम्माननीय प्रम ज्यूबाट भएको सम्बोधन

 



Post Your Comment
Name: Address:
Comment:
 
info@planepal.org